बालकुमारीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

हिमाल प्रेस १० साउन २०८२ १७:५८ | Saturday, July 26, 2025
बालकुमारीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौँ– ललितपुरको बालकुमारीमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार ललितपुर महानगरपालिका–१९ बालकुमारीस्थित सडकमा ग्वार्कोबाट कोटेश्वरतर्फ आउँदै गरेको बा ४ ख २४७७ नं को मिनी ट्रकको ठक्करबाट पैदलयात्री अन्दाजी २३ वर्षीया महिलाको मृत्यु भएको हो।

मृतकको परिचय खुलेको छैन। ठक्करबाट गम्भीर घाइते भएकी उगको बिएन्डबी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको र चालकलाई नियन्त्रणमा लिइएको प्रवक्ता घिमिरेले बताए।

त्यस्तै काठमाडौँ महानगरपालिका–२९ भद्रकालीस्थित सडकमा बा ७५ प १९४४ नं को स्कुटरलाई मोटरसाइकलले ठक्कर दिँदा स्कुटर चालक ललितपुर महानगरपालिका–१५ सातदोबाटो डेरा गरी बस्ने मकवानपुर बकैया गाउँपालिका–४ का ३८ वर्षीय रामकृष्ण बजगाईंको मृत्यु भएको छ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको पाटन अस्पताल ललितपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकलको नम्बर खुलेको छैन। चालकको खोजी जारी छ।

प्रकाशित: १० साउन २०८२ १७:५८ | Saturday, July 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast