एमालेले पार्टी राजनीतिमा रोक लगाएपछि आज पत्रकार सम्मेलनमार्फत धारणा सार्वजनिक गर्दै भण्डारी

हिमाल प्रेस ९ साउन २०८२ ७:१४ | Friday, July 25, 2025
एमालेले पार्टी राजनीतिमा रोक लगाएपछि आज पत्रकार सम्मेलनमार्फत धारणा सार्वजनिक गर्दै भण्डारी

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो ३ बजे बबरमहलस्थित कार्की बैंक्वेटमा पत्रकार सम्मेलन गर्ने भएकी छन्।

भण्डारी निकट एक नेताका अनुसार नेकपा एमालेले उनलाई पार्टी राजनीतिमा संलग्न हुन रोक लगाउँदै सदस्यता समेत खारेज गरेपछि यसबारे आफ्नो धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्न लागेकी हुन्।

साउन ५ र ६ गते बसेको एमाले केन्द्रीय कमिटी बैठकले भण्डारीलाई सक्रिय राजनीतिमा संलग्न हुन नपाउने निर्णय गरेको थियो। एमालेले राष्ट्रपतिको जिम्मेवारी पूरा गरिसकेको व्यक्तिले पुनः सक्रिय राजनीतिमा फर्किनु संविधानको मर्म र भावना विपरीत हुने तर्क गरेको छ।

तर, पूर्वराष्ट्रपति भण्डारीले आफूलाई राजनीतिक गतिविधिमा संलग्न हुने संवैधानिक हक भएको भन्दै उक्त निर्णयको सार्वजनिकरूपमा विरोध गर्ने तयारी गरेकी छन्। उनी यस विषयमा देशभर राजनीतिक अभियान समेत सञ्चालन गर्ने सोचमा रहेको स्रोतले जनाएको छ।

प्रकाशित: ९ साउन २०८२ ७:१४ | Friday, July 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast