सांकेतिक तस्बिर।
सप्तरी- सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका-६ मोहनपुरमा आज सर्पले टोकेर एक महिलाको मृत्यु भएको छ।
स्थानीय इन्द्रबहादुर राईको ५० वर्षीया श्रीमती संगीता राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।
तराईमा अत्यधिक गर्मीका कारण विषालु सर्पको बिगबिगी बढेको छ। रासस
प्रकाशित: ८ साउन २०८२ ९:०७ | Thursday, July 24, 2025
प्रतिक्रिया





