कुलिङ पिरियड तोडमोड गर्नेलाई छुट दिनुहुन्न : अर्जुननरसिंह केसी

हिमाल प्रेस ७ साउन २०८२ २१:०१ | Wednesday, July 23, 2025
कुलिङ पिरियड तोडमोड गर्नेलाई छुट दिनुहुन्न : अर्जुननरसिंह केसी

काठमाडौँ- नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले सिँगै सदनलाई झुक्याउने गरी ‘कुलिङ पिरियड’ तोडमोड गर्नेलाई छुट दिन नहुने बताएका छन्।

आज (बुधबार) नेपाल निजामती कर्मचारी युनियन, विभागीय कार्यसमिति, महालेखा परीक्षकको कार्यालयले आयोजना गरेको नवौँ विभागीय अधिवेशन तथा नवनियुक्त, पदोन्नति प्राप्त कर्मचारीलाई स्वागत, अवकाश प्राप्त कर्मचारीलाई बिदाइ एवं सम्मान कार्यक्रम आयोजना गरेको थियो।

सो कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘एउटा समितिबाट पारित भइसकेको कुलिङ पिरियडको व्यवस्था सिङ्गै सदन झुक्याउने गरी अर्को आउँछ भने त्यो भन्दा ठूलो धोका अरू के हुन्छ? भोलिका दिनमा कसैले देशलाई नै खतरा हुने गरी संशोधन गरे त्यसको जवाफदेही को हुन्छ?’

नेता केसीले निजामती सेवा ऐनलाई परिर्वतन गरी प्रशासनिक सेवा, नागरिक सेवालगायत राख्नुपर्ने जिकिर गरे। उनले भने, ‘यो विषय अहिले राष्ट्रियसभामा पुगिसकेको छ। हाम्रो हातमा पनि छैन। तर मेरो विचारमा निजामती सेवा ऐन परिर्वतन गर्न जरुरी छ।’

प्रकाशित: ७ साउन २०८२ २१:०१ | Wednesday, July 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast