प्रधानमन्त्रीले भने- संकटग्रस्त मधेशमा राज्यका सबै शक्ति परिचालन हुन्छ

हिमाल प्रेस ७ साउन २०८२ १६:०७ | Wednesday, July 23, 2025
प्रधानमन्त्रीले भने- संकटग्रस्त मधेशमा राज्यका सबै शक्ति परिचालन हुन्छ

काठमाडौँ- सरकारले मधेशमा सम्पूर्ण शक्ति परिचालन गर्ने भएको छ। प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तरमा प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त कुरा बताएका हुन्।

सरकारले गृह मन्त्रालयको सिफारिसमा मधेश प्रदेशका आठैवटा जिल्लालाई विपद् संकटग्रस्त घोषणा गरेको छ।

ओलीले भने, ‘सरकारले मधेश प्रदेशका आठवटै जिल्ला विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। तराईमा सम्पूर्ण शक्ति परिचालन गरिनेछ।’

प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको वर्तमान सरकार एकता-सहकार्य-प्रतिस्पर्धा र सहअस्तित्वमा आधारित रहेको बताए। बिथोलिएको राजनीतिलाई लयमा फर्काइएको दाबी गर्दै उनले कांग्रेस-एमालेको योजनामा, अन्य दलहरुको समेत सहभागितामा निर्मित वर्तमान सरकार एकता-सहकार्य-प्रतिस्पर्धा र सहअस्तित्वमा आधारित रहेको बताए।

वर्तमान सरकार राष्ट्रमा देखिएका चुनौती सामना गर्दै अघि बढेको बताए। उनले भने, ‘देशमा स्थिरता र स्थायित्व कायम गरी सुशासन र तीव्र आर्थिक विकासमा सदूपयोग गर्ने नीतिका साथ सरकार अघि बढिरहेको छ।’ ।

प्रधानमन्त्री ओलीले भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ भन्ने अठोटमा आफू स्पष्ट रहेको भन्दै तथ्यका आधारमा आएका गम्भीर प्रकारका भ्रष्टाचारमा संलग्नलाई कारबाही हुने चेतावनी दिए। कसैले आरोप लगाएकै आधारमा भने कारबाही नहुने जवाफ उनको छ।

भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक संसदमा विचाराधीन रहेको र चालु आर्थिक वर्षमै भूमिसम्बन्धी एकीकृत ऐन तर्जुमा हुने ओलीले बताए।

प्रकाशित: ७ साउन २०८२ १६:०७ | Wednesday, July 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast