शिक्षा ऐनमा नसमेटिएका शिक्षकका माग नियमावली र राष्ट्रिय मापदण्डमा समेटिने

हिमाल प्रेस ७ साउन २०८२ १०:२१ | Wednesday, July 23, 2025
12
SHARES
शिक्षा ऐनमा नसमेटिएका शिक्षकका माग नियमावली र राष्ट्रिय मापदण्डमा समेटिने

काठमाडौँ‍- विद्यालय शिक्षा विधेयक-२०८० का विवादित बुँदामा राजनीतिक सहमति जुटाएर साउन मसान्तभित्र प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट विधेयक पारित गर्ने तयारी छ।

शिक्षकका मागहरू शिक्षा ऐन, त्यसको नियमावली तथा राष्ट्रिय मापदण्डमा क्रमशः समावेश गर्दै जाने सरकार र प्रमुख दलहरूबीच प्रारम्भिक सहमति बनेको उच्च स्रोतले हिमालप्रेसलाई जनाएको छ।

नेपाल शिक्षक महासंघले सरकारलाई साउन २१ गतेसम्मको अल्टिमेटम दिएको छ। साउन ३० गतेसम्म विधेयक प्रतिनिधिसभामा पेस गर्ने योजना छ। शिक्षक महासंघ र सरकारबीच भएका सहमतिहरू क्रमशः शिक्षा ऐन, नियमावली र राष्ट्रिय मापदण्डमा समेटिनेछ।

सहमति जुटेपछि संशोधनसहित विधेयक प्रतिनिधिसभामा प्रस्तुत गरिने र त्यसपछि राष्ट्रियसभाबाट पनि पारित गर्ने रणनीति तय गरिएको छ।

स्रोतका अनुसार जतिसक्दो शिक्षकका माग विधेयकमै समेट्ने तयारीमा छौं। यसका लागि कांग्रेस, एमाले, माओवादीलगायत दलका प्रमुख नेताबीच गम्भीर वार्ता हुने तयारी छ।

यो पनि

शिक्षा विधेयक : अस्थायी शिक्षक व्यवस्थापनमा कांग्रेस-एमालेबीच मतभेद, मन्त्री पन्तको क्षमतामाथि उठ्यो प्रश्न

प्रकाशित: ७ साउन २०८२ १०:२१ | Wednesday, July 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast