प्रतिनिधिसभाको प्रश्नोत्तरमा सहभागी हुँदै प्रधानमन्त्री, पानी जहाज विधेयक पनि पेस हुँदै

हिमाल प्रेस ७ साउन २०८२ ६:४९ | Wednesday, July 23, 2025
प्रतिनिधिसभाको प्रश्नोत्तरमा सहभागी हुँदै प्रधानमन्त्री, पानी जहाज विधेयक पनि पेस हुँदै

काठमाडौँ- प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले सांसदहरूको प्रश्नको जवाफ दिनेछन्। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूको प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ।

यस्तै, सभामुख देवराज घिमिरेले ‘राष्ट्रियसभामा उत्पत्ति भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

त्यस्तै, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘विश्व व्यापार संगठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

प्रकाशित: ७ साउन २०८२ ६:४९ | Wednesday, July 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast