मधेशमा खानेपानी अभाव समाधान गर्न सांसदहरूले गराए सरकारको ध्यानाकर्षण

हिमाल प्रेस ६ साउन २०८२ १६:५९ | Tuesday, July 22, 2025
मधेशमा खानेपानी अभाव समाधान गर्न सांसदहरूले गराए सरकारको ध्यानाकर्षण

काठमाडौँ- मधेशमा खानेपानी अभाव देखिएसँगै समस्या समाधानका लागि सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्। राष्ट्रियसभाको बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरूले खानेपानीको हाहाकारले निम्तिएको परिस्थितिलाई सम्बोधन गर्न माग गरेका हुन्।

सांसद आनन्दप्रसाद ढुंगानाले मधेशमा खानेपानी समस्या तत्काललाई मात्र नभई दीर्घकालीन रूपमा नै समाधान गर्नुपर्ने बताए। उनले भने, ‘खेत त बाँझो भएको छ नै खानेपानी समेत नपाउने स्थिति देखिन्छ। आगो निभाउने बारुणयन्त्र खानेपानी ओसार्न प्रयोग भइरहेका छन्। यो तत्कालको मात्र होइन दीर्घकालीन समस्या हो। यसको हल गर्नुपर्छ। दीर्घकालीन योजना बनाएर जानुपर्छ।’

सांसद शेखरकुमार सिंहले सुक्खाग्रस्त समस्या मधेशमा मात्र होइन आउने दिनमा मेचीदेखि महाकालीसम्मै पुग्ने देखिएकाले यसलाई सम्बोधन गर्नु आवश्यक भएको बताए। ‘संघीय सरकारले यथाशीघ्र खानेपानी र सिँचाइ व्यवस्था गर्नुपर्छ,’ उनले भने।

प्रकाशित: ६ साउन २०८२ १६:५९ | Tuesday, July 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast