खिल बहादुर गुरुङ निर्देशित ‘रिमै’ को टिजर सार्वजनिक

हिमाल प्रेस ६ साउन २०८२ १५:०६ | Tuesday, July 22, 2025
खिल बहादुर गुरुङ निर्देशित ‘रिमै’ को टिजर सार्वजनिक

काठमाडौँ- खिल बहादुर गुरुङको निर्देशनमा बनेको फिल्म ‘रिमै’ को टिजर सार्वजनिक भएको छ। मंगलबार सार्वजनिक टिजरमा गुरुङ संस्कारलाई प्राथमिकता दिइएको छ।

फिल्मको मुख्य भूमिकामा दयाहाङ राई, रिश्मा गुरुङ, गौमाया गुरुङ, अर्पण थापा, बुद्धि तामाङलगायत छन्। ग्रामीण परिवेश, प्रेम, पीडाले भरिएको टिजरमा तीनै पात्रहरूको मनोदशा पनि देखाइएको छ।

उपेन्द्र सुब्बाको कथा रहेको फिल्म आगामी भदौ २० मा प्रदर्शन हुनेछ। यसअघि भदौ २७ मा प्रदर्शन गर्ने टिमकाे तयारी थियाे।

फिल्ममा अन्य कलाकार कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवि गुरुङ, टेक गुरुङ र बाल कलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगरलगायतको अभिनय छ।

फिल्म दीपक शर्मा र थानेश्वर गौतमको संगीत, किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक, बिष्णु मैनाली प्रोडक्सन म्यानेजर र मित्र डि गुरुङको सम्पादनमा बनेको छ।

गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्स्को प्रस्तुति रहेको फिल्म रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो।शैलेन्द्र ध्वज कार्कीले छायांकन गरेको फिल्मका निर्माता टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले हुन्।

प्रकाशित: ६ साउन २०८२ १५:०६ | Tuesday, July 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast