एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

हिमाल प्रेस ४ साउन २०८२ १८:४२ | Sunday, July 20, 2025
एमालेले बोलायो केन्द्रीय कमिटी बैठक नेकपा एमालेको केन्द्रीय कार्यालय।

काठमाडौँ- नेकपा (एमाले) ले केन्द्रीय कमिटी बैठक बोलाएको छ। सोमबार बिहान ११ बजे च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्ने गरी एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको हो।  एमाले नेता एवं पूर्वमन्त्री महेश बस्नेतले सोमबार केन्द्रीय कमिटीको बैठक बोलाइएको जानकारी दिएका छन्। उनले बैठक दुई दिन चल्ने बताए।

बैठकमा भदौ २० देखि २२ गतेसम्म हुने विधान महाधिवेशनको तयारी, विधान संशोधनसम्बन्धी प्रस्ताव, पार्टीको संगठनात्मक कामको रिपोर्टिङलगायतका विषयमा छलफल हुने एमालेले जनाएको छ।

त्यस्तै यसअघि सचिवालय र पोलिटब्यूरो बैठकबाट पारित विधान संशोधन प्रस्तावमाथि पनि केन्द्रीय कमिटी बैठकमा छलफल हुनेछ।

सचिवालय र पोलिटब्यूरो बैठकबाट प्रस्ताव गरिएको नयाँ विधान संशोधन प्रस्तावमा ७० वर्षे उमेर हद र कार्यकारी पदमा दुई कार्यकालमात्र रहने व्यवस्था हटाइएको छ। साथै पार्टीमा स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटी गरी तीन तहको संरचना रहने प्रस्ताव गरिएको छ। संशोधन प्रस्तावअनुसार एमालेको केन्द्रीय कमिटी २५१ सदस्यीय रहनेछ।

प्रकाशित: ४ साउन २०८२ १८:४२ | Sunday, July 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast