
काठमाडौँ- निर्देशक मदन थापाको दोस्रो फिल्म ‘परि-वार’ बन्ने भएको छ। अहिले काठमाडौँमै फिल्मको छायांकन भइरहेको छ। फिल्मको अधिकांश छायांकन उपत्यकाभित्र हुने निर्माण टिमले जनाएको छ।
फिल्मको कथा प्रेम थापा र गणेश उपाध्यायले लेखेका हुन्। फिल्म पारिवारिक तथा सामाजिक कथामा आधारित रहनेछ। फिल्मका जोडिएका नामहरू गोप्य राखिएको छ। केही समयअघि फिल्काे एक थिम पाेस्टर सार्वजनिक गरिएकाे थियाे।
रे अफ आर्टको प्रस्तुति रहने फिल्मको निर्माणमा भिसा आई फिल्म्स र शाही फिल्म्सको सहकार्य रहनेछ। फिल्मको निर्मातामा किरण रिजाल, रमेश शाही, भिसाका विक्रम थापा र स्प्रान्जा कँडेल छन्। फिल्म शेर शाही क्रिएटिभ डिरेक्टर, निरज कँडेलको डिओपी, विशेष महर्जनको सिनेमेटोग्राफी र एनबी महर्जनको द्वन्द्व निर्देशन रहनेछ।
गत वर्ष थापा निर्देशित ‘बाटोः रोड टू डेथ’ प्रदर्शन भएको थियो। फिल्मले राम्रो व्यापार गर्न नसके पनि हेर्ने दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको थियो।