कागेश्वरी मनोहरा नगरले विद्यार्थीमैत्री नीति अवलम्बन गरेको भन्दै नेविसंघले दियो धन्यवाद

हिमाल प्रेस ३ साउन २०८२ ८:१९
118
SHARES
कागेश्वरी मनोहरा नगरले विद्यार्थीमैत्री नीति अवलम्बन गरेको भन्दै नेविसंघले दियो धन्यवाद

काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाले पालिकाभित्रका सबै सामुदायिक विद्यालयहरूका लागि विद्यार्थीमैत्री नीति अवलम्बन गरेकोमा नेपाल विद्यार्थी संघ (नेविसंघ)ले धन्यवाद दिएको छ।

नेविसंघका प्रवक्ता सुरज सेजुवालले नगरको कामले विद्यार्थी प्रोत्साहित भएको भन्दै अन्य पालिकाले पनि सिक्नुपर्ने बताएका छन्। नगरपालिकाले प्रत्येक सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई सुरक्षित र सहज यातायात सुविधा प्रदान गर्न आवश्यकतानुसार स्कुल बस वा भ्यान उपलब्ध गराउने निर्णय गरेको छ।

विद्यार्थीहरूको पोषणलाई मध्यनजर गर्दै नेपाल सरकारद्वारा तोकिएको दिवा खाजाको खर्चमा थप १० रुपैयाँ योगदान गर्ने निर्णय पनि अत्यन्त स्वागतयोग्य छ।

सेजुवालले भनेका छन्, ‘विद्यार्थीमैत्री नीति अवलम्बन गरेकोमा नगर प्रमुख श्री उपेन्द्र कार्कीज्यूसहित सम्पूर्ण पालिका परिवारलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु।’

प्रकाशित: ३ साउन २०८२ ८:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast