‘किस्ने कहाँ छ?’ नामक फिल्म बन्ने

हिमाल प्रेस २ साउन २०८२ १७:५३ | Friday, July 18, 2025
‘किस्ने कहाँ छ?’ नामक फिल्म बन्ने

काठमाडौँ- पछिल्लो समय नेपाली सिनेजगतमा नयाँ फिल्म निर्माणको क्रम तीव्र रूपमा बढिरहेको छ। दैनिकजसो नयाँ फिल्मको घोषणा भइरहेको छ।

यसैबीच निर्देशक राजेन्द्र बस्नेतले पनि कमेडी जनरामा नयाँ फिल्म बनाउने भएका छन्। फिल्मको नाम ‘किस्ने कहाँ छ?’ राखिएको छ।

फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै शुक्रबार फिल्मको औपचारिक घोषणा गरिएको छ। पोस्टरमा एउटा गाडी हिलो राेडमा रोकिएको छ। रोड तलतिर एक जना मानिस काम गरिहेको देखाइएको छ। गाडीको छत र सिटमा बस्ने मानिस उसैलाई हेरिरहेका छन्। उनीहरूबीच केही कुरा भएको अनुमान गर्न सकिन्छ।

फिल्मको कथा, पटकथा र संवाद लेखक विनय राज पौडेलले तयार पारेका छन्। कमेडी शैलीमा भनिएको फिलमले नेपाली समाजकै कथा रहने बताइएको छ।

फिल्मको लागि कलाकार छनोट कार्य भइरहेको निर्माण टिमले जनाएको छ। कलाकार फाइनलपछि फिल्मको छायांकन सुरू गर्ने टिमको तयारी छ। ग्रीन प्यारोट्स फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्ममा हेमन्त बस्नेतले लगानी गर्नेछन्।

प्रकाशित: २ साउन २०८२ १७:५३ | Friday, July 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast