६० फिट अग्लाे पोस्टर सार्वजनिक गर्दै प्रचार अभियानमा फिल्म ‘बलिदान’

हिमाल प्रेस २ साउन २०८२ ११:१२
20
SHARES
६० फिट अग्लाे पोस्टर सार्वजनिक गर्दै प्रचार अभियानमा फिल्म ‘बलिदान’

काठमाडौँ- फिल्म ‘बलिदान’ को पोस्टर सार्वजनिक भएको छ। ६० फिट अग्लाे र १६ फिट चौडाइ भएको पोस्टर बिहीबार गोंगबु बसपार्कस्थित ल्होत्से मलको बाहिरी भागमा राख्दै सार्वजनिक गरिएको हो।

पोस्टरमा फिलमका मुख्य कलाकार अभिनेता समीर भट्ट रगतले लतपतिएका, घाइते र क्रुद्ध मुद्रामा देखिएका छन्। एक विशालकाय मानव आकृतिमाथि भालाजस्तो देखिने अस्त्र प्रयोग गर्दै उनी आक्रामक रूपमा प्रस्तुत भएका छन्। समीरको अनुहारमा आक्रोश, हिम्मत र बलिदानको भावना झल्किन्छ। पृष्ठभूमिमा आकाशमा कालो बादल, जमिनमा अन्धकार र पृष्ठभूमिमा आगोको राप देखिने दृश्यहरूले फिल्मको द्वन्द्वात्मक पक्ष र देशभक्तिपूर्ण सन्देश झल्काएको छ।।

फिल्म आगामी दसैँको फूलपातीमा प्रदर्शन हुनेछ। फिल्मका निर्देशक सन्तोष सेन हुन्। फिल्मले सिनेम्याटिक क्रान्तिको सुरुवात रहेको निर्देशक सेनले बताएका छन्।

उनले भने ‘बलिदान एउटा सिनेम्याटिक क्रान्तिको सुरुवात हो। विभिन्न चरणको छायांकन, सम्पादन र सिर्जनात्मक परिश्रमले मजबुत सिनेम्याटिक संरचना बनाएको छ। यसलाई फिल्ममात्र भन्न मिल्दैन। यो एउटा अभियान बनिसकेको छ– ‘यो ज्यान बलिदान’। फिल्म गाउँ, सहर, टोल /बस्ती हुँदै हरेक दर्शकको मनसम्म पुर्‍याउने लक्ष्य लिएको उल्लेख गर्दै उनले फिल्मकाे देशव्यापी प्रचार यात्रा सुरु गरेको बताए।

यसअघि सार्वजनिक पोस्टरमा अभिनेता सौगात मल्ल एक सशक्त र रहस्यमय अवतारमा प्रस्तुत भएका थिए। यसै गरी, फिल्मको प्रमुख अभिनेता समीर भट्टको जन्मदिनको अवसरमा सार्वजनिक प्रि-टिजरले निकै चर्चा पाएको थियो। त्यस्तै, फिल्मको घोषणादेखि नै फिल्मबारे दर्शकले चासो दिइरहेका छन्।

‘आसुसेन फिल्म्स्को प्रस्तुति रहेको फिल्ममा समीर भट्ट, सौगात मल्ल, कविता राय, अर्पण थापा, ऋचा शर्मा, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायत कलाकारले अभिनय गरेका छन्। फिल्मका निर्माता पवन ब्राडफोर्ड बिस्ट हुन् भने कार्यकारी निर्मातामा प्रेम पुरी छन्।

प्रकाशित: २ साउन २०८२ ११:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast