चितवनमा ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

हिमाल प्रेस २ साउन २०८२ ५:३३ | Friday, July 18, 2025
चितवनमा ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

भरतपुर- चितवनमा ट्र्याक्टरको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ।

रत्ननगर नगरपालिका-१६, पिठुवा दोबाटो बजारमा बिहीबार सवारी दुर्घटनामा साइकल यात्री स्थानीय ७० वर्षका कृष्णबहादुर पन्तको मृत्यु भएको हो।

खैरहनीबाट दोबाटो बजारतर्फ गइरहेको ना ३ त ७४३० नम्बरको ट्र्याक्टरले साइकलमा सवार पन्तलाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख (डिएसपी) रञ्जन अवाले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा घाइते पन्तको रत्ननगरस्थित बकुलहर अस्पताल उपचारका क्रममा मृत्यु भएको हो। ट्र्याक्टर र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २ साउन २०८२ ५:३३ | Friday, July 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast