इलाममा धारिलो हतियार प्रहारबाट युवकको हत्या, एक घाइते

हिमाल प्रेस १ साउन २०८२ ७:१८ | Thursday, July 17, 2025
इलाममा धारिलो हतियार प्रहारबाट युवकको हत्या, एक घाइते

इलाम- इलामको सूर्योदय नगरपालिका-१, भालुखोपमा एक जनाको हत्या गरिएको छ । एक जना गम्भीर घाइते छन्।

स्थानीय काजी तामाङको घरमा गएराति माइजोगमाई २, तारसिंह गाउँ बस्ने २१ वर्षे प्रकाश चापागाईंको धारिलो हतियार प्रहारबाट हत्या गरिएको प्रहरीले जनाएको छ। ३२ वर्षे निरोज चापागाईं गम्भीर घाइते छन्।

प्रकाशलाई लिइ निरोज ससुरालीघर गएका बेला सूर्योदय १, शिरिसेका ३३ वर्षे किरण शेर्पासँग झगडा परेको थियो । त्यसैक्रममा शेर्पाले प्रकाशमाथि धारिलो हतियार प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । पेटमा धारिलो हतियार प्रहारबाट निरोज गम्भीर घाइते छन् । घाइते निरोजको उपचार भइरहेको छ।

शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पालिकापेजबाट

प्रकाशित: १ साउन २०८२ ७:१८ | Thursday, July 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast