भूमिहीनहरूलाई जग्गाधनी प्रमाणपुर्जा वितरण

हिमाल प्रेस १ साउन २०८२ ७:०२
12
SHARES
भूमिहीनहरूलाई जग्गाधनी प्रमाणपुर्जा वितरण

सप्तरी- सप्तरीको बोदे बर्साइन नगरपालिका–४ स्थित सिल्हट पर्साहीका १२० परिवारलाई गाउँब्लक जग्गाको लालपुर्जा वितरण गरिएको छ। नगरपालिका र नापी कार्यालय सप्तरीको संयुक्त पहलमा बुधबार आयोजित कार्यक्रममा ती परिवारलाई जग्गाधनी प्रमाणपुर्जा प्रदान गरिएको हो।

लामो समयदेखि गाउँब्लक जग्गामा बसोबास गर्दै आए पनि कानुनी स्वामित्व नपाएका स्थानीयवासीले जग्गाधनी पुर्जा पाएपछि खुसी व्यक्त गरेको छन्।

नापी कार्यालय सप्तरीअन्तर्गत ३ नं नापी टोली राजविराजका प्रमुख सतिश यादवका अनुसार साबिकको फुलकाही गाविस—६ देखि ९ सम्मका करिब ६० प्रतिशत लालपुर्जा वितरण गरिसकिएको छ । बाँकी लाभग्राहीका लागि २१ दिने सूचना प्रकाशन गर्ने तयारी भइरहेको उनले जानकारी दिए।

‘केही स्थानमा नक्सासम्बन्धी समस्या देखिएकाले तत्काल वितरण सम्भव भएन, तर सुधार गरी ती लालपुर्जा पनि चाँडै उपलब्ध गराइनेछ’, यादवले भने।

नगरप्रमुख आतेशकुमार सिंहले बाँकी वडामा पनि लालपुर्जा वितरणको प्रक्रिया अगाडि बढाइने बताए। ‘पुस्तौँदेखि बसोबास गर्दै आएका नागरिकले लालपुर्जा नहुँदा सरकारी सेवा, कर्जा सुविधा, घरजग्गा दर्तालगायत धेरै समस्यामा भोग्नुपरेको थियो’, उनले भने, ‘अब बिस्तारै सम्पूर्ण नगरभरिका गाउँब्लक जग्गाधनीलाई लालपुर्जा प्रदान गरिनेछ।’

प्रकाशित: १ साउन २०८२ ७:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast