तुइन चुँडिदा महाकालीमा खसेर एक बेपत्ता

हिमाल प्रेस ३१ असार २०८२ १७:१२ | Tuesday, July 15, 2025
तुइन चुँडिदा महाकालीमा खसेर एक बेपत्ता फाइल तस्बिर।

दार्चुला- तुइन चुँडिदा महाकाली नदीमा खसेर एक जना बेपत्ता भएका छन्। व्यास गाउँपालिका-२ दुम्लिङस्थित तुइनबाट आज महाकाली नदीमा खसेर स्थानीय २८ वर्षीय नारायण बुढाथोकी बेपत्ता भएका हुन्।

दिउँसो १२ बजे दुम्लिङबाट महाकाली तरेर भारततर्फ जानेक्रममा बुढाथोकी तुइन चुँडिदा नदिमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिए।

नारायणसँगै स्थानीय २६ वर्षीय जितु बिष्ट र ४५ वर्षीय जयदु बुढाथोकी पनि तुइनमार्फत महाकाली नदी पार गर्न गएका थिए।

नारायणभन्दा अघि जितुले तुइनमार्फत महाकाली नदी सकुशल पार गरी भारतर्फ गएका थिए। त्यसपछि महाकाली पार गर्ने क्रममा नारायण नदीको बीच भागमा पुगेपछि तुइन चुँडिदा बेपत्ता भएको प्रहरीले जनाएको छ।

उक्त घटनापछि जितु र नारायणसँगै गएका जयदुले भने तुइन चढ्न पाएनन्। बेपत्ता भएका नारायणको स्थानीयवासी र प्रहरीले खोजी गरिरहेको प्रहरी निरीक्षक रावतले बताए।

प्रकाशित: ३१ असार २०८२ १७:१२ | Tuesday, July 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast