घुस प्रकरण : म र मेरो पार्टीको चरित्रहत्या गर्न खोजियो, कानुनी उपचारमा जान्छु : रञ्जिता श्रेष्ठ

हिमाल प्रेस ३१ असार २०८२ १२:५७ | Tuesday, July 15, 2025
घुस प्रकरण : म र मेरो पार्टीको चरित्रहत्या गर्न खोजियो, कानुनी उपचारमा जान्छु : रञ्जिता श्रेष्ठ

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले घुस प्रकरणमा आफूलाई जोडेकोमा आपत्ति जनाएकी छन्। नियोजित रूपमा मिडियामार्फत आफ्नो चरित्रहत्या गरिएको उनको आरोप छ।

अध्यक्ष चौधरीले घुस प्रकरणमा आफू र आफ्नो पार्टीसँग कुनै सरोकार नभएको दाबी गरेकी छन्। उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘पार्टी पारदर्शिता, सुशासन र शून्य सहनशीलताको सिद्धान्तप्रति दृढ प्रतिबद्ध छ। आधारहीन समाचारमार्फत पार्टी र मेरो चरित्रहत्या गर्न खोजिएको छ।’

चौधरीले भ्रामक समाचारहरूले जनतालाई भ्रममा पार्ने र राजनीतिक अस्थिरता निम्त्याउने प्रयास भइरहेको भन्दै चिन्ता व्यक्त गरिन्। साथै यस्ता समाचारप्रति कानुनी उपचार खोजिने बताकी छन्।

सोही प्रकरणमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आज राजीनामा दिएका छन्। केही दिन अघिदेखि घुस प्रकरणमा तानिएर विवादमा रहेका गुप्ताले सामाजिक सञ्जालमार्फत मन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्।

प्रकाशित: ३१ असार २०८२ १२:५७ | Tuesday, July 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast