‘जसुदा स्मृति पत्रकारिता पुरस्कार’ पाण्डेलाई

हिमाल प्रेस ३१ असार २०८२ ७:३२ | Tuesday, July 15, 2025
‘जसुदा स्मृति पत्रकारिता पुरस्कार’ पाण्डेलाई

काठमाडौँ- यस वर्षको ‘जसुदा स्मृति पत्रकारिता पुरस्कार’ इलामकी पत्रकार सविता पाण्डेलाई प्रदान गरिएको छ ।

एक समारोहमा इलाम नगरपालिकाका मेयर केदार थापा र उपमेयर विष्णु लिम्बू दाहालले पाण्डेलाई पुरस्कृत गरे। जसुदा स्मृति पत्रकारिता पुरस्कार स्व.जसुदा श्रेष्ठको सम्झनामा प्रत्येक वर्ष एक पत्रकार वा साहित्यकारलाई प्रदान गरिन्छ ।

पुरस्कार ग्रहण गर्दै पत्रकार पाण्डेले यो सम्मानले आफूलाई अझ जिम्मेवार बनाएको बताइन्। आदिकवि भानुभक्त आचार्यको २१२औं जन्मजयन्ती अवसरमा इलाम नगरपालिकाअन्तर्गत इलाम नगर साहित्य, कला संगीत प्रतिष्ठानले कार्यक्रम आयोजना गरेको थियो।

प्रकाशित: ३१ असार २०८२ ७:३२ | Tuesday, July 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast