च्याउ खाएर ५ बिरामी

हिमाल प्रेस ३१ असार २०८२ ६:२९ | Tuesday, July 15, 2025
च्याउ खाएर ५ बिरामी

दोधारा चाँदनी- कञ्चनपुरमा विषालु च्याउ सेवन गर्दा एकैपरिवारका पाँच जना बिरामी भएका छन्।

दोधारा चाँदनी नगरपालिका–६ स्थित कालागडका ६३ वर्षीया कालु सुनारसहित पाँचजना विषालु च्याउ सेवनबाट बिरामी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए।

उनका अनुसार सुनारका नातिनी १८ वर्षीया निशा सुनार, नाति १६ वर्षीया भीम सुनार, नाति १२ वर्षीया वसन्त सुनार र आठ वर्षीया नातिनी मन्सुसुनार बिरामी भएका हुन्।

‘भारतको नंग्रा जंगलबाट ल्याइएको विषालु च्याउको तरकारी खाँदा उहाँको परिवारका पाँचै जना बिरामी परेका हुन्’, बोहराले भने, ‘पाँचै जनाको दोधारा-चाँदनी अस्पतालमा उपचार भइरहेको छ।’ रासस

प्रकाशित: ३१ असार २०८२ ६:२९ | Tuesday, July 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast