कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण, च्याउ प्रतिकिलो २०० रुपैयाँ

हिमाल प्रेस ८ जेठ २०८३ ९:२० | Friday, May 22, 2026
2
SHARE
कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण, च्याउ प्रतिकिलो २०० रुपैयाँ

काठमाडौँ- कालीमाली बजार विकास समितिले मसला, च्याउ तथा अन्य कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।

समितिका अनुसार च्याउ (कन्य) प्रतिकिलो रु २००, च्याउ (डल्ले) रु ४००, राजा च्याउ रु ३०० र सिताके च्याउ रु १,००० कायम गरिएको छ।

त्यसैगरी अदुवा रु १६०, सुकेको खुर्सानी रु ४३०, हरियो खुर्सानी रु ८०–१००, लसुन सुकेको (चाइनिज) रु १९०, लसुन सुकेको (नेपाली) रु १२०, छ्यापी सुकेको रु १४०, हरियो धनियाँ रु १२० र हरियो लसुन रु २०० निर्धारण गरिएको छ।

इमली प्रतिकिलो रु १८०, तामा रु १५०, तोफु रु १५० र गुन्द्रुक प्रतिकिलो रु ३०० कायम गरिएको समितिले जनाएको छ।

प्रकाशित: ८ जेठ २०८३ ९:२० | Friday, May 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast