बिचौलियाको सेटिङमा देश सञ्चालन भइरहेको छ : सांसद सिंह

हिमाल प्रेस ३० असार २०८२ १०:१२ | Monday, July 14, 2025
बिचौलियाको सेटिङमा देश सञ्चालन भइरहेको छ : सांसद सिंह

काठमाडौँ- प्रतिनिधिसभाका स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा बिचौलिया प्रभाव हावी भएको आरोप लगाएका छन्।

सोमबार सामाजिक सञ्जालमार्फत सांसद सिंहले ‘देश बिचौलियाको कब्जामा रहेको’ दाबी गर्दै संघीय मामिला मन्त्रीसम्बन्धी अडियो काण्ड त्यसको ज्वलन्त उदाहरण भएको बताए।

‘देश बिचौलियाको कब्जामा छ, मैले यो बारम्बार भन्दै आएको छु,’ सिंहले लेखेका छन्, ‘देशभरका मालदार कार्यालयहरूमा बिचौलियाको चाहनाअनुसार कर्मचारी पठाउने र स्थानीय तहमा मेयरको रोजाइअनुसार कर्मचारी लैजाने प्रवृत्तिमा संघीय मामिला मन्त्रालय सेटिङमै चलिरहेको कुरा आम नेपालीलाई थाहा छ।’

उनले नेकपा एमालेका दुई नेतामाथि उठेको गम्भीर प्रश्नलाई लिएर पनि सरकारको मौनताप्रति आपत्ति जनाएका छन्। ‘अडियोको सत्यता र आधिकारिकता जाँच हुँदै जाला तर यस्तो गम्भीर प्रश्न उठ्दा पनि उनीहरू पदमा टाँसिइरहनु लाजमर्दो विषय हो,’ उनले उल्लेख गरेका छन्।

सिंहले दुवै मन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गर्दै भनेका छन्, ‘यदि राजीनामा नदिने हो भने प्रधानमन्त्रीले नै उनीहरूलाई बर्खास्त गर्नुपर्छ।’

प्रकाशित: ३० असार २०८२ १०:१२ | Monday, July 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast