चेल्सीलाई क्लब विश्वकपको उपाधि

हिमाल प्रेस ३० असार २०८२ ६:३७ | Monday, July 14, 2025
चेल्सीलाई क्लब विश्वकपको उपाधि

काठमाडौँ- चेल्सीले पहिलोपटक फिफा क्लब विश्वकपको उपाधि जितेको छ। आइतबार राति मेट लाइफ स्टेडियममा भएको फाइनलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई चेल्सीले उपाधि चुमेको हो। पीएसजीमाथि चेल्सीले ३-० गोलको सहज जित निकालेको हो।

चेल्सीको जितमा कोल पाल्मरले दुई तथा जोआओ पेड्रोले एक गोल गरे। दोस्रो हाफमा पीएसजी १० खेलाडीमा सीमित हुँदा चेल्सीले कुनै गोल थप्न सकेन।

पहिलो हाफको २२ औँ मिनेटमा पाल्मरले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए।त्यसको आठ मिनेटपछि अर्थात खेलको ३०औँ मिनेटमा पाल्मरले व्यक्तीगत दोस्रो गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे।

पहिलो हाफको ४३औँ मिनेटमा पेड्रोको गोलमा चेल्सीले पीएसजीमाथि ३-० को फराकिलो अग्रता बनाउन सफल भयो। पहिलो हाफमा नै ३-० ले पछि परेको पीएसजी खेलको ८५औँ मिनेटमा १० खेलाडीमा सीमित बन्न पुग्यो।

मिडफिल्डर जोआओ नेभेसले डिफेन्डर मार्क कुकुरेलाको कपाल तानेपछि भारको सहायतामा उनलाई रेफ्रीले सिधै रातो कार्ड देखाए। त्यसपछि खेलमा थप गोल हुन नसक्दा चेल्सी फिफा क्लब विश्वकपमा विजयी भयो।

*शीर्षक सच्याइएको छ

प्रकाशित: ३० असार २०८२ ६:३७ | Monday, July 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast