तीन पूर्व सचिवहरू रास्वपाको विज्ञ सल्लाहकारमा मनोनीत

हिमाल प्रेस २९ असार २०८२ १९:५४ | Sunday, July 13, 2025
तीन पूर्व सचिवहरू रास्वपाको विज्ञ सल्लाहकारमा मनोनीत नेपाल सरकारका पूर्वसचिवहरू बायाँबाट क्रमशः देवेन्द्र कार्की, मधु भेटुवाल र सुशीलचन्द्र तिवारी।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले तीन जना ऊर्जा तथा जलस्रोत क्षेत्रका विज्ञलाई पार्टीको केन्द्रीय ऊर्जा तथा जलस्रोत विभागको विज्ञ सल्लाहकारमा मनोनयन गरेको छ।

आइतबार नेपाल सरकारका पूर्व सचिवहरू देवेन्द्र कार्की, सुशीलचन्द्र तिवारी र मधु भेटुवाललाई औपचारिक रूपमा विज्ञ सदस्यमा मनोनयन गरिएको रास्वपाले जनाएको छ।

नियुक्त भएका तीनै जना विज्ञ सदस्यहरू विगतमा नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय, जल तथा ऊर्जा आयोग लगायतका निकायहरूमा नेतृत्वदायी भूमिकामा रहेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।

उनीहरूको प्राविधिक ज्ञान, प्रशासनिक अनुभव र नीति निर्माणको अभ्यासलाई राजनीतिक तहसँग समन्वय गर्दै राष्ट्रिय आवश्यकताअनुसार ऊर्जा तथा जलस्रोत रणनीति बनाउन  विभागले पहल गरेको विभाग प्रमुख श्रीराम न्यौपानेले बताए।

प्रकाशित: २९ असार २०८२ १९:५४ | Sunday, July 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast