सरकारले औचित्य गुमाइसक्यो : बस्नेत

हिमाल प्रेस २९ असार २०८२ १९:१८ | Sunday, July 13, 2025
सरकारले औचित्य गुमाइसक्यो : बस्नेत

काठमाडौँ– नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेतले वर्तमान सरकारले आफ्नो औचित्य गुमाउँदै गएको बताएका छन्।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले संविधान संशोधन, सुशासन, विकास निर्माणलगायत सबैमा सरकारले ध्यान दिन नसकेको भन्दै सरकारले आफ्नो औचित्य गुमाउँदै गएको बताएका हुन्।

वर्तमान सरकार जनताप्रति उत्तरदायी र आफ्नो कामकारबाही प्रति जवाफदेही समेत नदेखिएको उनले बताए।

बस्नेतले वर्तमान सरकार सुशासनका लागि नभई अनियमिताको ढाकछोप गर्नका लागि बनेकाले मन्त्रीहरुको विभिन्न प्रकरण आउनु नौलो कुरा नभएको तर्क गरे।

उनले सुशासनका विषयमा सरकारबाट अपेक्षा गर्नु मुर्खता हुनेजस्तो देखिएको समेत बताए।

प्रकाशित: २९ असार २०८२ १९:१८ | Sunday, July 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast