
काठमाडौँ- काठमाडौँबाट दाङ आउँदै गरेको यात्रुबाहक बस कपिलवस्तुमा दुर्घटना हुँदा २९ जना घाइते भएका छन्।
जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक पंकज चुदांलीका अनुसार काठमाडौँदेखि दाङ आउँदै गरेको बस कपिलवस्तुको चन्द्रौटा र गोरुसिंगेको सिमानामा रहेको बेल नदी नजिकै दुर्घटना भएको हो।
लु प्र ०२००१ ख ००४५ नम्बरको बस दुर्घटना हुँदा तीन जनको अवस्था गम्भीर रहेको उनले बताए। गम्भीर घाइते भएकालाई बुटवल लगिएको छ भने बाँकी घाइतेको चन्द्रौटास्थित सन्जिवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनाका कारण भने खुल्न नसकेको प्रहरी निरीक्षक चुदांलीको भनाइ छ।
प्रकाशित: २९ असार २०८२ ९:३२
प्रतिक्रिया