‘मन बिनाको धन’ कात्तिक २१ बाट प्रदर्शन हुने

हिमाल प्रेस २७ असार २०८२ २०:४३ | Friday, July 11, 2025
‘मन बिनाको धन’ कात्तिक २१ बाट प्रदर्शन हुने

काठमाडौँ- टंक बुढाथोकीको निर्देशन तथा निर्माण रहेको चलचित्र ‘मन बिनाको धन’ कात्तिक २१ गतेबाट प्रदर्शनमा आउने भएको छ। बुधबार चलचित्रकी निर्मात्री विष्णु माया मैनाली र वितरण कम्पनीहरूसँग सम्झौतापछि निर्माण टिमले आधिकारिक प्रदर्शन मिति तय गरेको हो।

यो चलचित्र प्रदर्शनको लागि नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण अधिकार खरिद गरेको छ।

चलचित्रमा अशोक दर्जी, सरोज खनाल, सन्तोष पन्त,रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा,बुद्दि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा,पार्वती अधिकारी , उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा,बिना राउत, ए.आर बुढाथोकी,बाबु पराजुली,रक्षा श्रेष्ठ,प्रियंका झा,विनय अधिकारी,आर्यन नेपाल,विजय डंगोल लगायतका कलाकारको अभिनय छ।

सामाजिक विषयवस्तुमा निर्माण भएको फिल्मलाई टंक बुढाथोकी आफैँले लेखेका हुन्। पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन्।

फिल्मको निर्माता विष्णुमाया मैनाली छिन् भने कार्यकारी निर्मातामा सपना शर्मा छिन्। यस्तै जी.पी. संग्रौला, विवेक नेपाल र विजया पाण्डे सहनिर्मातामा रहेका छन्।

फिल्ममा टंक बुढाथोकी संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, मित्र डी.गुरुङको सम्पादन र नवराज शर्माको मुख्य सहायक निर्देशन छ।

प्रकाशित: २७ असार २०८२ २०:४३ | Friday, July 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast