अस्थायी शिक्षकका माग बेवास्ता गरिएकोमा महासंघ असन्तुष्ट

हिमाल प्रेस २६ असार २०८२ १३:१४ | Thursday, July 10, 2025
अस्थायी शिक्षकका माग बेवास्ता गरिएकोमा महासंघ असन्तुष्ट नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशाेर सुवेदी। फाइल तस्बिर।

काठमाडौँ- प्रतिनिधिसभाको शिक्षा समितिमा विचाराधीन विद्यालय शिक्षा विधेयक-२०८० अन्तिम चरणमा पुगेको छ। तर, नेपाल शिक्षक महासंघले सरकारसँग भएका सहमति तोडिएको भन्दै आक्रोश व्यक्त गरेको छ।

महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले अस्थायी, राहत र बढुवाका विषयमा सहमति विपरीत प्रावधान समावेश गरिएको बताए। ‘सहमति जस्ताको तस्तै राखेर ऐन जारी गरिनुपर्छ,’ उनले भने, ‘नत्र आन्दोलनमा जान्छौं।’

महासंघले समायोजनमा ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत खुला प्रतिस्पर्धा हुनुपर्ने माग राखेको छ। तर समितिमा ६०/४० मा सहमति भएको छ।

विधेयक ढिलो हुनुमा महासंघ बाधक भएको आरोप अस्वीकार गर्दै सुवेदीले भने, ‘सरकारले सहमति कार्यान्वयन गरे हाम्रो केही टिप्पणी हुँदैन।’

उनले विद्यालय, शिक्षक, विद्यार्थीमैत्री ऐन ल्याउन महासंघ प्रतिबद्ध रहेको बताए।

प्रकाशित: २६ असार २०८२ १३:१४ | Thursday, July 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast