पाइलट रामेश्वर थापाको बायोपिक बनाउँदै दिपेन्द्र के. खनाल

हिमाल प्रेस २६ असार २०८२ ११:२१ | Thursday, July 10, 2025
पाइलट रामेश्वर थापाको बायोपिक बनाउँदै दिपेन्द्र के. खनाल

काठमाडौँ- पाइलट रामेश्वर थापाको जीवनकथामा आधारित बायोपिक फिल्म बन्ने भएको छ। फिल्मको नाम ‘क्याप्टेन साब’ राखिएको छ। गौरीघाटमा स्क्रिप्ट पूजा गर्दै बिहीबार फिल्मको औपचारिक घोषणा गरिएको हो।

फिल्मको कथा पाइलट थापाको पुस्तक ‘इन टु द फायर’कै आधारमा तयार पारिएको निर्देशक खनालले जानकारी दिए। उक्त पुस्तक पढ्दै गर्दा नै निर्देशक खनाललाई थापाको कथा फिल्ममा उतार्नुपर्छ भन्ने लागेको थियो।

फिल्मको मुख्य भूमिकामा अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री सुरक्षा पन्त जोडिएका छन्। अभिनेता लामिछाने पाइलट थापाको भूमिकामा देखिनेछन्। फिल्ममा निर्देशक खनालसँगै करन श्रेष्ठ र श्रृष्टि खनालको रहनेछ।

फिल्म आगामी भदाैदेखि काठमाडौँ, चितवन र काभ्रेका विभिन्न स्थानमा छायांकन गर्ने टिमकाे तयारी छ।

 

प्रकाशित: २६ असार २०८२ ११:२१ | Thursday, July 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast