![मण्डलामा मञ्चनरत नाटक ‘हराएको कुकुर’ [तस्बिरहरू]](https://himalpress.com/wp-content/uploads/2025/07/haraeko-kukur1.jpg) 
                             
                                            काठमाडौँ- थापागाउँस्थित मण्डला थिएटरमा अहिले नाटक ‘हराएको कुकुर’ मञ्चन भइरहेको छ। नाटकका लेखक तथा निर्देशक मणि कुलुङ राई हुन्।
‘हराएको कुकुर’ लाई नाटकमा राज्यद्वारा हराइएको सत्यको प्रतीक मानिएको छ। नाटकका पात्रहरू क्रमश: एउटा चिया पसलमा भेट्छन्। त्यही पसलमा हुलियासहित कुकुर हराएकाे सुचना टाँसिएकाे छ। जसले भेटाउँछ उसलाई एक लाख पुरस्कार दिने भनि लेखिएकाे छ। पैसाकाे लागि त्यही कुकर खाेज्ने क्रममा ती पात्रहरूले कस्ताे कदम चाल्छन् त भन्ने प्रश्नसँगै नाटक अगाडि बढेकाे छ।
नाटकमा पात्रहरूले बाेल्ने संवादमा बिम्बहरूकाे अत्याधिक प्रयाेग गरिएकाे छ। एक कविकाे माध्यमबाट साहित्यकारहरूलाई पनि व्यंग्य गरिएकाे छ।
नाटकमा किरण नेपाली, स्मृति कल्मर, रेज्मी राई, इन्द्रेणी कुलुङ, रमा कुलुङ, अबिनास डि एम, मिना श्रेष्ठ, मनि कुलुङ र सुनिल वाहिङ राईले अभिनय गरेका छन्। यी पात्रहरुकाे अभिनयमा जीवन्त लाग्छ। तापनि कुन पात्र काे बनेर उभिएकाे छ भन्ने उनीहरूकाे पहिचान स्पष्ट रूपमा खुलेकाे छैन। यसले नाटककाे कता बगिरहेकाे छ भन्ने निधाे गर्न कठिनजस्ताे भान गराउँछ। त्यस्तै पात्रकाे संवाद र प्रकाश परिचालनकाे समय, पात्रहरू आवतजावतमा भइरहेकाे गाेलमालले पनि नाटक हेरिरहँदा दर्शकको ध्यान भङ्ग गरिरहेझैं लाग्छ। तथापि पात्रकाे अभिनय र नाटकमा प्रयाेग गरिएकाे ध्वनि प्रप्सले केही राेमाञ्चित बनाउँछ।
नाटकको ध्वनि परिकल्पनामा अमिर ताम्राकार र नवीन काफ्ले छन्। उमेश तामाङको प्रकाश परिकल्पना रहेको नाटकमा सुनिल बाहिङ राईले प्रकाश परिचालन गरेका छन्। नाटकको मञ्च आकाश मगर र मन्जिल मगरले तयार पारेका हुन्। रविन तामाङको नाट्य रूपान्तरण रहेको नाटक साउन ४ सम्म चल्नेछ।









तस्बिर : मण्डला थिएटर


 
                                             ![नारी अस्तित्वका पक्षमा नाटक ‘सिरुमारानी’ [तस्बिरहरू]](https://himalpress.com/wp-content/uploads/2025/09/sirumarani1.jpg) 
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 