बाजुरामा झडप : कुटपिटबाट विद्यार्थी नेताको मृत्यु

हिमाल प्रेस ५ मंसिर २०७९ ८:२९
4
SHARES
बाजुरामा झडप : कुटपिटबाट विद्यार्थी नेताको मृत्यु

धनगढी- बाजुरामा कुटपिटबाट विद्यार्थी नेता चेतन अयडीको मृत्यु भएको छ। आइतबार मतदानका क्रममा भएको विवादलाई लिएर राति घरमा आक्रमणबाट त्रिवेणी नगरपालिका–७ का अयडीमाथि आक्रमण भएको थियो।
बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्य थापाले कुटपिटबाट गम्भीर घाइते भएका अयडीको उपचारका क्रममा बयलपाटा अस्पतालमा मृत्यु भएको जानकारी दिए।

उनका अनुसार वडा नम्बर ७ को नाटेश्वरी मतदान केन्द्रमा भएको विवादको विषयलाई लिएर अयडीमाथि आक्रमण गरिएको हो। अयडी नेकपा एमाले सम्बद्ध अनेरास्ववियु सुदूरपश्चिम विश्वविद्यालयका अध्यक्ष हुन्।

आइतबार मतदानका क्रममा एमाले र कांग्रेसका कार्यकर्ताबीच भएको विवादका क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय २५ वर्षीय कांग्रेस कार्यकर्ता सुरेन्द्र अयडीको मृत्यु भएको थियो।

प्रकाशित: ५ मंसिर २०७९ ८:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast