 
                            
                                            काठमाडौँ- नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) ले रसुवामा आएको बाढी तथा पहिरोका कारण अटोमोबाइल आयात प्रणालीमा गम्भीर असर पुगेको जनाएको छ।
नाडाका अध्यक्ष करण चौधरीले बाढी पहिरोका कारण मानवीय जनजीवनमात्र नभई अटोमोबाइल आयातमा समेत गम्भीर असर पुगेको जनाएका हुन्।
बाढी पहिरोका कारण मुलुकको प्रमुख व्यापारिक नाका केरुङ–रसुवागढीमार्फत हुने अटोमोबाइल आयात प्रभावित बनेको उनको भनाइ छ।
बाढीले भन्सार परिसरमा रहेका निर्माणाधीन सुख्खा बन्दरगाह, पार्किङमा रहेका कन्टेरहरू समेत बगाएको बताउँदै अध्यक्ष चौधरीले यस कठिन घडीमा नाडा अटोमोबाइल क्षेत्रका सम्पूर्ण सदस्यहरूको साथमा रहेको उल्लेख गरेका छन्।
साथै उनले नाडातर्फबाट सहयोगको आवश्यकता परे जानकारी गराउन उनले अनुरोध गरेका छन्।
‘नाडा अटोमोबाइल्स एशोसिएन हरेक कठिन घडीहरूमा अटोमोबाइल क्षेत्रका सम्पूर्ण सदस्यहरूको सधैँ साथमा रहँदै आएको छ। पीडितहरूको हिम्मत, धैर्यता र पुनः स्थापनका प्रयासमा हामी ऐक्यबद्धता जनाउँछौँ। यदि यस विषम परिस्थितिमा नाडाबाट कुनै सहयोग सम्भव छ भने जानकारी गराउनु हुन सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछौँ,’ चौधरीले विज्ञप्ति निकालेर भनेका छन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 