
काठमाडौँ- काठमाडौँको बौद्धबाट स्रोत नखुलेको एक करोड ४४ लाख रकमसहित चिनियाँ नागरिक पक्राउ परेका छन्।
काठमाडौँ महानगरपालिका-६ बौद्ध नयाँ बस्तीस्थित एक घरमा चिनियाँ नागरिक वाङ जियानको साथबाट उक्त रकम बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
स्रोत नखुलेको नेपाली रकमको आर्थिक कारोबार भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धसमेतबाट खटिएको प्रहरी टोलीले उक्त घरको कोठामा खानतलासी गर्दा रकमसहित वाङ पक्राउ परेका हुन्।
प्रकाशित: २४ असार २०८२ १५:२६
प्रतिक्रिया