भोटेकोशी बाढी अपडेट : १८ जना बेपत्ता, ९ जनाको सकुशल उद्धार

हिमाल प्रेस २४ असार २०८२ ९:४५
40
SHARES
भोटेकोशी बाढी अपडेट : १८ जना बेपत्ता, ९ जनाको सकुशल उद्धार

काठमाडौँ- रसुवामा गएराति अविरल वर्षासँगैको बाढीमा परेर ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन भएका छन् । यस्तै ९ जनाको उद्धार भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

चिनियाँ क्षेत्रमा भारी वर्षा भएसँगै गोसाइकुण्ड गाउँपालिका वडा नं।२ स्थित रसुवागढीमा एकाएक आएको बाढीमा परेर उक्त घटना भएको प्रहरीको भनाइ छ ।

बाढीले नेपाल र चीन नाका जोड्ने मितेरी बगाई पुल पूर्ण रूपमा क्षति भएको छ । यससँगै मानिस र सवारी साधनमा आगत जावत बन्द भएको प्रहरीको भनाइ छ ।

प्रकाशित: २४ असार २०८२ ९:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast