काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय भएको बताएका छन्।
सोमबार आफ्नो जन्मदिनका अवसरमा निर्मल निवासमा शुभेच्छुकको शुभकामना लिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वराजा शाहले आफूलाई शुभकामना दिन आउनेलाई धन्यवाद दिँदै अहिले नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय भएको बताए।
उनले नेपालमा जन्मिएरमात्र नेपाली नहुने उल्लेख गर्दै नेपाल नै सबैको मनमा भए नेपाली हुनसक्ने जिकिर गरे।
पूर्वराजा शाहले अहिले वर्षाको समयमा बाढीपहिरो र डुबानको जोखिम रहेकाले सतर्क भएर बस्न आग्रह गरे।
पूर्वराजा शाहलाई जन्मदिनको शुभकामना दिन निर्मल निवासमा शुभेच्छुकको ठूलो भीड लागेको थियो।
प्रकाशित: २३ असार २०८२ १४:२२ | Monday, July 7, 2025
प्रतिक्रिया




