शहीद शुक्र माविले गर्‍याे कला शिक्षकलाई सम्मान

हिमाल प्रेस २३ असार २०८२ १०:४८
40
SHARES
शहीद शुक्र माविले गर्‍याे कला शिक्षकलाई सम्मान

काठमाडौँ- बागबजारस्थित शहीद शुक्र माध्यमिक विद्यालयको कला विभागले कला शिक्षकलाई सम्मान गरेको छ। कला शिक्षणमार्फत कला क्षेत्रमा महत्त्पूर्ण योगदान दिएको भन्दै विद्यालयले सम्मान गरेको बताएको छ।

सम्मानतित हुने शिक्षकमा राजु पिठाकोटे, आर्या राजभण्डारी, सुमन श्रेष्ठ, ज्योति खड्का, सजनी श्रेष्ठ, चाँदनी बज्राचार्य, सुरेम देशार, संजय प्रधान, लक्ष्मी मास्के (पुनम), सविता चित्रकार, प्रकाश मिजारलगायत छन्।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणी हार्तम्छालीको प्रमुख आतिथ्यतामा उनीहरूलाई सम्मान गरिएको हो। कलाको जरो विद्यालयको कला शिक्षा रहेको बताउँदै कुलपति हार्तम्छालीले यस्तो कार्यले शिक्षकहरूमा हौसला थपिने बताए। ‘समाज र शिक्षाको मेरूदण्ड कला हो।’ उनले भने। आगामी दिनमा कला शिक्षकका लागि प्रज्ञा प्रतिष्ठानले पनि पहल गर्ने बताए।

कार्यक्रममा प्राज्ञ शौरगंगा दर्शनधारीले कला शिक्षकका लागि पहिलो पल्ट यस प्रकारको कार्यक्रम गरिएको बताइन्। उनले भनिन्, ‘कलाकार जन्माउने शिक्षकको सम्मान नै कलाप्रतिको सम्मान हो।’

विद्यालयका प्राध्यापक राधेश्याम मुल्मीले कलालाई जनमानसमा पु¥याउन कला शिक्षकको भूमिका महत्वपूर्ण रहेको बता । सामुदायिक विद्यालयले कला विषयमा अध्यापन गराउने शहीद शुक्र मा.वि. राजधानीमै पहिलो रहेको दाबी गरे।

प्रकाशित: २३ असार २०८२ १०:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast