लम्पी स्किनबाट पशु संक्रमित हुँदा किसान समस्यामा

हिमाल प्रेस २३ असार २०८२ ९:४६
10
SHARES
लम्पी स्किनबाट पशु संक्रमित हुँदा किसान समस्यामा फाइल तस्बिर।

ताप्लेजुङ- ताप्लेजुङका ६ स्थानीय तहमा लम्पी स्किन रोगको संक्रमण फैलिएको छ । भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका अनुसार जिल्लाका नौ मध्ये ६ वटा स्थानीय तहका पशुचौपायामा संक्रमण देखिएको हो ।

केन्द्रका प्रमुख डा. रोशन दाहालका अनुसार हालसम्म ३४ पशुबस्तुमा लम्पी स्किनको संक्रमण पुष्टि भएको छ। संक्रमण सिदिङ्वा गाउँपालिकाका- २, मेरिङदेनका १०, सिरिजङ्गाका ५, फक्ताङलुङका दुई, फुङलिङ नगरपालिकाका ७ र आठराई त्रिवेणी गाउँपालिकाका आठ पशुबस्तुमा देखिएको छ।

सुरुमा फुङलिङ नगरपालिका- १० फुरुम्बु र वडा नम्बर ७ तथा ८ दोखुमा देखिएको थियो । लक्षण देखिएपछि पशुपालकको सूचनाका आधारमा नमूना सङ्कलन गरी परीक्षणका लागि पठाइएको थियो ।

जिल्लाको मिक्वाखोला, पाथीभरा याङवरक र मैवाखोला गाउँपालिकामा भने हालसम्म संक्रमण नदेखिएको जनाएको छ ।

संक्रमण पुष्टि भएपछि सम्बन्धित स्थानीय तह, भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र अन्य सम्बन्धित निकायले संक्रमण नियन्त्रणका लागि रोकथाम उपाय अपनाएका छन् । हालसम्म चार हजार सात सय ५० डोज लम्पी स्किनविरुद्धको खोप वितरण भइसकेको बताइएको छ ।

संक्रमण फैलिन नदिनका लागि पशुपालकलाई सतर्क रहन र पशुमा लक्षण देखिएमा तत्काल जानकारी गराउन आग्रह गरिएको छ ।

प्रकाशित: २३ असार २०८२ ९:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast