नागरिक उड्डयन राज्यमन्त्री अरुण चौधरीले राजीनामा दिने तयारीमा

हिमाल प्रेस २२ असार २०८२ ९:३६
16
SHARES
नागरिक उड्डयन राज्यमन्त्री अरुण चौधरीले राजीनामा दिने तयारीमा

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले राजीनामा दिँदैछन्।

नागरिक उन्मुक्ति पार्टीले प्रतिपक्षमा बस्ने निर्णय गरेसँगै पर्यटन राज्यमन्त्री चौधरीले राजीनामा दिन लागेका हुन्। मन्त्री चौधरीले आज प्रधानमन्त्रीलाई राजीनामा बुझाउने जानकारी दिए।

हिजो बसेको नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेता रञ्जिता श्रेष्ठको अध्यक्षतामा बसेको दलको बैठक प्रतिपक्षमा बस्ने निर्णय गरेको थियो। उक्त निर्णयसँगै राज्यमन्त्री चौधरी राजीनामा दिएर सरकारबाट बाहिरिने भएको हो।

प्रकाशित: २२ असार २०८२ ९:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast