रोपाइँ गर्दागर्दै चट्याङ लागेर निधन

हिमाल प्रेस २१ असार २०८२ ७:५८
10
SHARES
रोपाइँ गर्दागर्दै चट्याङ लागेर निधन

दैलेख- सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर ८ कुइँरेमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ। चट्याङ लागेर अन्य चारजना घाइते भएका छन्।

दिउँसो ३ बजेतिर वीरबहादुर थापाको खेतमा रोपाइँ गरिरहेको अवस्थामा चट्याङ पर्दा डिलबहादुर शाहीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

घाइते भएका पर्वत विक, हुमबहादुर थापा, नवीन विक र सुनिता गिरीको मेहलकुना अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित: २१ असार २०८२ ७:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast