
काठमाडौँ- माओत्से गुरुङको निर्देशनमा बन्ने फिल्म ‘पेन्सनपट्टा’ मा अभिनेता दयाहाङ राई अनुबन्धित भएका छन्। अभिनेता राई र निर्देशक तथा कलाकारको यो दोस्रो सहकार्य हो। यसअघि माओत्सेको डेब्यु निर्देशकीय फिल्म ‘दयारानी’ को मुख्य भूमिकामा दयाहाङ नै थिए।
आगामी कार्तिकबाट छायांकन गर्ने टिमको तयारी छ। फिल्मको सम्पूर्ण छायांकन कास्की जिल्लाको पोखरा आसपासमा गरिनेछ। फिल्म सुशन प्रजापतिले छायांकन गर्नेछन्।
फिल्मको शीर्षकले भूतपूर्व लाहुरेको कथा जस्तो लाग्ने भएपनि फिल्ममा लोभी केटा कसरी दानी बन्छ भन्ने कथा भन्ने निर्देशक तथा निर्माता गुरुङले बताए।
माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मको कथा पनि निर्देशक गुरुङले नै लेखेका हुन्। दयाहाङ बाहेक अन्य कलाकारबारे छिटै सार्वजनिक गरिने प्रोडक्सन म्यानेजर डिबी गुरुङले बताए।