
काठमाडौँ- माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा चित्त नबुझेमा पुनर्योग गर्न चाहने विद्यार्थीले अनलाइनबाटै फाराम भर्न पाउने भएका छन्।
पुनर्योग गर्न चाहने विद्यार्थीले अनलाइनबाट फाराम भर्न सकिने बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) डा. गणेश भट्टराईले बताए। उनका अनुसार पुनर्योग गर्न चाहने विद्यार्थीले प्रतिविषय ५ सय रुपैयाँ शुल्क तिर्नुपर्छ।
यसैगरी असार २३ गतेसम्म फाराम भरिसक्नुपर्ने उनले बताए।
प्रकाशित: १८ असार २०८२ ८:५३
प्रतिक्रिया