ट्रम्प भन्छन्- इजरायल ६० दिने युद्धविरामलाई अन्तिम रूप दिन तयार छ

हिमाल प्रेस १८ असार २०८२ ६:५२
12
SHARES
ट्रम्प भन्छन्- इजरायल ६० दिने युद्धविरामलाई अन्तिम रूप दिन तयार छ अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प। तस्बिर : एपी

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल गाजामा ६० दिनको युद्धविराम अन्तिम रूप दिन आवश्यक सर्तहरूमा सहमत भएको दाबी  गरेका छन्।

‘इजरायल ६० दिनको युद्धविराम अन्तिम रूप दिन आवश्यक सर्तहरूमा सहमत भएको छ। यस अवधिमा हामी सबै पक्षहरूसँग मिलेर युद्ध अन्त्य गर्न काम गर्नेछौँ,’ ट्रम्पले मंगलबार सामाजिक सञ्जालमा लेखेका छन्।

उनले यस क्रममा अमेरिकालगायत अन्य पक्षहरूले युद्ध अन्त्यका लागि पहल गर्ने बताए। ट्रम्पले हमासलाई उक्त प्रस्ताव स्वीकार गर्न दबाब पनि दिएका छन्। ‘म आशा गर्छु, मध्यपूर्वको भलाइका लागि, हमासले यो सम्झौता स्वीकार गरोस्, किनभने यसपछि स्थिति राम्रो हुँदैन अझ बिग्रन्छ मात्र,’ ट्रम्पले भनेका छन्।

राष्ट्रपतिले यो आफ्नो ‘सर्वोत्तम र अन्तिम प्रस्ताव’ भएको दाबी गरे पनि हमासले यसलाई शंका दृष्टिले हेर्न सक्छ।

ट्रम्पले बारम्बार हमासमाथि दबाब दिन नाटकीय रुपमा अल्टिमेटमहरू जारी गर्दै आएका छन्। युद्धविराम होस्, थप बन्धकहरू मुक्त गरियोस् र गाजाका सर्वसाधारणलाई अझ धेरै मानवीय सहायता पुर्‍याइयोस् भन्ने उनको चाहना देखिन्छ।

हमासले इजरायली फौज गाजाबाट पूर्ण रूपमा फिर्ता हुन्छ र युद्ध अन्त्य हुन्छ भने सबै बन्धकहरूलाई मुक्त गर्न तयार रहेको बताएको छ। इजरायलले त्यो प्रस्ताव अस्वीकार गर्दै आएको छ। उसले भनेको छ, ‘हमासले आत्मसमर्पण गर्छ, हतियार त्याग्छ र निर्वासनमा जान सहमत हुन्छ भनेमात्र युद्ध अन्त्य हुन्छ। तर हमास त्यसका लागि तयार छैन।’

हालसम्म पनि हमासले इजरायली फौजमाथि घातक आक्रमण गर्न सक्ने क्षमता राखेको देखिन्छ। अमेरिकी अधिकारीहरूले झन्डै २१ महिनादेखि चलिरहेको यस द्वन्द्वमा हमासको केन्द्रीय नेतृत्व र नियन्त्रण क्षमतामा ठूलो ह्रास आएको दाबी गरेका छन्।

प्रकाशित: १८ असार २०८२ ६:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast