काठमाडाैँ- इटालीमा हुने २९ औं अन्तर्राष्ट्रिय पोलिस अवार्ड आर्टस् फेस्टिभल (आइपीएएएफ) मा फिल्म ‘आँखा’ ले उत्कृष्ट फिल्म र उत्कृष्ट अभिनेत्रीको विधामा अवार्ड जितेको छ।
उक्त फेस्टिभलमा फिल्मकी मुख्य पात्र अभिनेत्री स्मिता लामिछाने उत्कृष्ट अभिनेत्रीको अवार्ड पाएकी हुन्। अवार्डले आफू गौरवान्वित भएको स्मिताले बताएकी छन्।
फेस्टिभलसहितको अवार्ड कार्यक्रम १४ सेप्टेम्बरमा इटालीको बिर्गामो सहरमा हुँदैछ। फिल्मका निर्देशक जोन योञ्जनले आयोजकले इमेलसहित इभेन्टका लागि निम्तो दिएको जानकारी दिए।
यसअघि नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)मा नेसनल फिल्म प्रतिस्पर्धाको विधामा ‘आँखा’ उत्कृष्ट कथानकसहित तीनविधामा अवार्ड जितेको थियो। ‘आँखा’ गतवर्ष असोज ११ मा नेपालमा प्रदर्शन भएको थियो।
प्रकाशित: १७ असार २०८२ १६:२४ | Tuesday, July 1, 2025
प्रतिक्रिया





