‘गोर्खा वारियर’ का निर्माता सुमन राईले गरे मेरा पिक हिमाल आरोहण, अबको लक्ष्य सगरमाथा चढ्ने

हिमाल प्रेस १७ असार २०८२ ११:३४
14
SHARES
‘गोर्खा वारियर’ का निर्माता सुमन राईले गरे मेरा पिक हिमाल आरोहण, अबको लक्ष्य सगरमाथा चढ्ने

काठमाडौँ- फिल्म ‘गोर्खा वारियर’ का निर्माता तथा अनुग्रह ग्रुपका अध्यक्ष सुमन राईले मेरा पिक हिमालको सफल आरोहण गरेका छन्। उक्त हिमालको उचाइ ६ हजार ४ सय ७६ मिटर अग्लो छ।

साहसिक र प्रेरणादायी अभियानका साथ हिमालको सफल आरोहण सम्पन्न गरेका राईको अबको लक्ष्य भनेको सगरमाथाको आरोहण गर्ने रहेको छ।

सुमन राई नेतृत्वको अनुग्रह ग्रुप बेलायतमा व्यवसाय र सामाजिक उत्तरदायित्व दुवैमा सक्रिय रहँदै आएको संस्था हो। यो समूहअन्तर्गत अनुग्रह ज्वेलर्स, न्यु अनुग्रह ज्वेलर्स, अनुग्रह बुलिन, अनुग्रह वाच लिमिटेड, अनुग्रह ट्राभल, अनुग्रह गोल्ड हाउस तथा अनुग्रह फाउन्डेसन सञ्चालनमा छन्।

पूर्वगोर्खा सैनिक निर्देशक तथा निर्माता मिलन चाम्सले गोर्खालीले रचेको इतिहास समेटेर ‘गोर्खा वारियर’ चलचित्र निर्माण तथा निर्देशन गरेका हुन्।

सुमन राईको यो प्रयास  ‘Fundrise Social Campaign’ मार्फत ग्लोबल वार्मिङविरुद्ध जनचेतना जगाउन, वातावरण जोगाउन र भविष्यका पुस्ताका लागि सुरक्षित पृथ्वीको सन्देश दिन केन्द्रित छ।

यो अभियानमा अनुग्रह टिमका शुभेच्छुकहरूसँगै NCCA UK, NCC UK, तमु धिं UK, किरात राई यायोख्खा, खोटाङ समाज र थुलुङ राई समाज लगायत विभिन्न प्रवासी नेपाली संघसंस्थाहरूको साथ, समर्थन र उत्साहजनक सहभागिता रहेको छ।

प्रकाशित: १७ असार २०८२ ११:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast