संसद्‌बाट पास भएको विधेयकलाई अनिधिकृत रूपमा परिवर्तन गरिनु सामान्य घटना होइन : शेखर कोइराला

हिमाल प्रेस १७ असार २०८२ ८:१३
52
SHARES
संसद्‌बाट पास भएको विधेयकलाई अनिधिकृत रूपमा परिवर्तन गरिनु सामान्य घटना होइन : शेखर कोइराला नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रतिनिधिसभाबाट पारित भएको संघीय निजामती सेवा विधेयकमा अनधिकृत रूपमा परिवर्तन गरिनु सामान्य घटना नभएको बताएका छन्।

आज सामाजिक सञ्जालमार्फत् कोइरालाले ‘कुलिङ अफ पिरियड’का सम्बन्धमा गरिएको अनधिकृत परिवर्तन घोर अपराध र सार्वभौम संसद्प्रतिको अपमान भएको बताएका हुन्।

आइतबार प्रतिनिधिसभाबाट पारित विधेयकमा निजामती सेवाबाट अवकाश पाएको कर्मचारीले कम्तीमा दुई वर्षसम्म अर्को कुनै नियुक्ति लिन नपाइने प्रावधान राखिएको थियो।

‘सर्वसम्मतिबाट संसद्‍मा पेस भएको निजामति सेवा विधेयक अनधिकृत रुपमा परिवर्तन गरिनु, गराईनु कुनै सामान्य घटना नभई, देश र जनताप्रति गरिएको घोर अपराध र सार्वभौम संसदप्रति गरिएको अपमान हो,’ नेता कोइरालाले मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘यस प्रकारणमा जोडिएकालाई तुरुन्त हदैसम्मको कारवाही अगाडि बढाई, परिवर्तन गरिएको व्यवस्थालाई आजै पुरानै अवस्थामा लैजाउँ। कुलिङ पिरियड नराखी यस विधेयकका अगाडिका काम कारवाही अगाडि बढ्नु हुँदैन र बढ्दैन।’

प्रकाशित: १७ असार २०८२ ८:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast