कांग्रेस बैठक : १३ एजेन्डामा छलफल

हिमाल प्रेस १६ असार २०८२ १७:१४ | Monday, June 30, 2025
कांग्रेस बैठक : १३ एजेन्डामा छलफल फाइल तस्बिर

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबारबाट सुरु भएको छ।

पार्टी कार्यालय सानेपामा सुरु बैठकमा विभिन्न १३ वटा एजेन्डामा छलफल भएको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।

बैठकमा १०० दिने अभियानका प्रतिवेदनहरू, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशिका संशोधन, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन प्रस्तुत हुने उनले बताए।

त्यस्तै अनुशासन समितिको प्रतिवेदन, नेपाली जनसम्पर्क समितिको व्यवस्थापन र विस्तार सम्बन्धमा समेत छलफल हुने उनले बताए। प्रवक्ता महतले भ्रातृसंस्थाबारे निर्देशक समितिको धारणा आएपछि बैठकले आवश्यक निर्णय गर्ने जानकारी दिए।

त्यस्तै क्रियाशिल सदस्य नविकरणका बिषयमा महामन्त्रीले बैठकमा जानकारी गराएका थिए। त्यस्तै संसद र सरकारमा पार्टीको भूमिका प्रभावकारिताका बारेमा मन्त्रीहरुको प्रतिवेदन आएपछि सदस्यहरुले धारणा राख्ने प्रवक्ता महतले बताए। बैठक केहि दिन चल्ने उनले बताए।

प्रकाशित: १६ असार २०८२ १७:१४ | Monday, June 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast