‘माग्ने राजा’ को टिजरमा के छ?

हिमाल प्रेस १६ असार २०८२ १५:२२ | Monday, June 30, 2025
‘माग्ने राजा’ को टिजरमा के छ?

काठमाडौँ- फिल्म ‘माग्ने राजा’ को टिजर सार्वजनिक भएको छ। फिल्मको मुख्य भूमिकामा छन्, ‘माग्ने बुढा’ का नामले सुपरिचित केदार घिमिरे। हल्का रमाइलो भन्दै दर्शक हसाउँदै आएका कलाकार घिमिरेले पहिलोपटक मुख्य भूमिकामा देखिदैछन्।

केदारलाई केन्द्रमा राखेर सार्वजनिक गरिएको टिजरमा उनको पुरानै थेगाे र संवादशैली हाबी छ। पहिरनमा भने धनाढ्य र सामान्य वर्ग दुवै भेषमा देखाइएको छ।

फिल्ममा वर्षा शिवाकोटी, शिशिर वाङदेल, विल्सन विक्रम राईलगायत कलाकारकाे अभिनय छ। आरम्भ प्रोडक्सनको ब्यानरमा बनेको फिल्मका प्रस्तुतकर्ता मुनाल घिमिरे हुन्। मधुसुदन शर्मा निर्माता रहेको फिल्म ऋषि लामिछानेले निर्देशन गरेका छन्। फिल्मको कथा सामीप्यराज तिमल्सेनाले लेखेका हुन्।

आगामी भदौ ६ मा प्रदर्शन हुने फिल्म नरेन्द्र मैनालीको छायांकन, सामीप्यराज तिमल्सेनाको लेखन, सुजिल कर्माचार्यको पाश्र्व संगीत र मित्र गुरुङको सम्पादनमा बनेकाे छ।

प्रकाशित: १६ असार २०८२ १५:२२ | Monday, June 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast