पार्टीको महाधिवेशन २०८३ को मंसिरभित्र हुनुपर्छ : डा शेखर कोइराला

हिमाल प्रेस १५ असार २०८२ १२:०५ | Sunday, June 29, 2025
पार्टीको महाधिवेशन २०८३ को मंसिरभित्र हुनुपर्छ : डा शेखर कोइराला नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको महाधिवेशन २०८३ को मंसिरभित्र हुनुपर्ने बताएका छन्। आज यहाँ पत्रकारहरुसँग कुरा गर्दै उनले महाधिवेशन समयमा नै गर्न पार्टी पदाधिकारीमा देखिनुपर्ने तदारुकता अझै नदेखिएको बताए ।

त्यसबाट महाधिवेशनको मिति सर्ने हो कि भन्ने चिन्ता कार्यकर्तामा छाएको उनले बताए । अहिले महामन्त्री गगनकुमार थापा र आफू एकै ठाउँमा रहेको बताउँदै उनले महाधिवेशनमा पार्टी सभापतिसहित सबैलाई एकताबद्ध गराएर अघि बढ्न आफू सक्षम रहेको उल्लेख गरे ।

फरक प्रसंगमा उनले संसद्को गतिरोध अन्त्यका लागि सरकार र विपक्षी दलहरु छलफलमा बस्न जरुरी रहेको बताए । उनले भने, ‘विपक्षीलाई पनि साथ लिएर समझदारीमा अगाडि बढ्नुपर्छ । माओवादीलाई साथ लिन सक्नुभयो भने रास्वपा र राप्रपालाई पनि साथ लिनुपर्छ।’

रास्वपा र राप्रपाले गृहमन्त्रीको राजिनामा भन्दा पनि पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा कमिटी बनोस् भन्ने चाहेको आफ्नो बुझाइ रहेको बताए ।

प्रकाशित: १५ असार २०८२ १२:०५ | Sunday, June 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast