विद्या भण्डारीले गरिन् एमाले राजनीतिमा फर्किने उद्घोष

हिमाल प्रेस १४ असार २०८२ १७:१५
48
SHARES
विद्या भण्डारीले गरिन् एमाले राजनीतिमा फर्किने उद्घोष

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीले देखेको सपना सकार पार्न आफू सक्रिय भएर लाग्ने बताएकी छन्। मदन भण्डारी फाउन्डेसनले शनिबार आयोजना गरेको कार्यक्रममा सक्रिय राजनीतिमा फर्किने संकेत गर्दै उनले यस्तो बताएकी हुन्।

जनताको सेवा गर्न पुनः राजनीतिमा पर्किने बताउँदै उनले यसका लागि पार्टी सदस्यतासमेत नवीकरण गरेको बताइन्।

पहिलो जन्म बुबाआमाले र दोस्रो जन्म विद्या भण्डारीका रुपमा जनताले निर्वाचन जिताएर दिएको उनले उल्लखे गरिन्।

उनले राष्ट्रपतीय जिम्मेवारीबाट मुक्त भएको दुई वर्ष बितेको र यस अवधिमा आफूले देशका विभिन्न भागमा पुगेर जनतासँग भेटघाट गरेको उल्लेख गरिन्।

विद्यार्थी आन्दोलनदेखि राजनीतिमा सक्रिय हुँदै गएको बताउँदै उनले स्ववियू निर्वाचनमा समेत निर्वाचित भएको स्मरण गराइन्। उनले पार्टी राजनीतिमा पनि आफूले लामो संघर्ष गरेको उल्लेख गरिन्।

मदन भण्डारीको निधनपछि आफ्नो राजनीतिक मोड लिएको बताउँदै उनले पार्टीको विभिन्न जिम्मेवारी सम्हालेको बताइन्।

मदन भण्डारीले प्रतिपादन गरेका सिद्धान्तप्रति थप सक्रियताका साथ सबै लाग्नुपर्ने बताउँदै उनले मदनको सपना सकारा पार्ने काममा आफू सधैँ सक्रिय रहने उल्लेख गरिन्।
भण्डारीले मदन भण्डारीले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित गरेको जबज सिद्धान्त कार्यान्वयन गर्न आफू सक्रिय भएर भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरिन्।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली ‘समृद्ध नेपाल सुखी नेपाली’को अभियानमा लागेको भन्दै भण्डारीले यो अभियानको सफलताका लागि शुभकामना व्यक्त गरिन्।

प्रकाशित: १४ असार २०८२ १७:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast